Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सानिमा लाइफ र मानुषी लघुवित्तलाई आईपीओ जारी गर्न बोर्डले दियो अनुमति

सानिमा लाइफ र मानुषी लघुवित्तलाई आईपीओ जारी गर्न बोर्डले दियो अनुमति

दैनिकी न्यूज

१, श्रावण २०७८
सानिमा लाइफ र मानुषी लघुवित्तलाई आईपीओ जारी गर्न बोर्डले दियो अनुमति
images

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तलाई आईपीओ निष्काशन गर्न बिहीबार अनुमति दिएको छ ।

बोर्डले सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर बिक्री गर्न अनुमति दिएको हो ।

सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते र मानुषी लघुवित्तले २०७८ बैशाख १३ गते बार्डसँग शेयर बिक्रीका लागि अनुमति माग गरेका थिए ।

सानिमा लाईफ इन्स्योरेन्सको आइपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल र मानुषी लघुवित्त वित्तीय संस्थाको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

images
प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - १४:३०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology