Logo

शनिवार, आश्विन २४ गते २०८३

images

यसरी भयो मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट

यसरी भयो मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट

दैनिकी न्यूज

२८, आषाढ २०७८
यसरी भयो मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट
images

काठमाडौंं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आज बिहान ९ः३० बजे सो आईपीओ बाँडफाँट भएको हो।

लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ७५३ आवेदकको ३७ हजार ९२० कित्ताका लागि दिइएको आवेदन रद्द भएको छ।

आवेदनभन्दा बढी माग परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट गरिएको हो। जसअनुसार ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । 

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - १२:४७:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology