Logo

शनिवार, आश्विन २४ गते २०८३

images

१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

दैनिकी न्यूज

२७, आषाढ २०७८
१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा
images

काठमाडौं । विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर ९आईपीओ० बजारमा आउने भएको हो ।

चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १९ कम्पनीलाई धितोपत्र निष्काशनको अनुमति दिइसकेको धितोपत्र बोर्डले अझ विभिन्न्न १७ वटा कम्पनीलाई निष्कासन अनुमतिका लागि पखाईमा राखेको छ । यी कम्पनीहरूको पाँच अर्ब ६४ करोड ३ लाख ७९ हजार ८ सय रुपैयाँ बराबरका ५ करोड ६४ लाख ३ हजार ७ सय ९८ कित्ता सेयर निष्कासनका लागि पाइप लाइनमा रहेका छन् । आवेदन दिनेमा अधिकाशं जलविद्युत् कम्पनी रहेका छन् ।

धितोपत्रको प्रारम्भिक बिक्रि वितरणमा संलग्न बजारलाई प्राथमिक बजार भनिन्छ । अर्को शब्दमा, नयाँ अथवा पहिलोपटक निष्कासन गरिएका धितोपत्रको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ । प्राथमिक सेयर प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गरेर दोस्रो बजारमा कारोबार हुँदा बढ्दै जान्छ । बोर्डमा आवेदन दिएकामध्ये पाँचवटा कम्पनीलाई बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ भने ४ वटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइएको छ । त्यस्तै, अन्य आठवटा कम्पनी पनि समीक्षा अवधिमै रहेका छन् ।

बोर्डमा आवेदन दिनेमा १२ वटा जलविद्युत कम्पनी रहेका छन् । जसअन्तर्गत सयपत्री हाइड्रोपावरको ९ लाख कित्ता, अपर सोलु हाइड्रोइलेक्ट्रेड कम्पनीको ३३ लाख ७ हजार ५ सय कित्ता, दोर्दी खोला जलविद्युत् कम्पनीको २९ लाख ५१ हजार ९ सय २९ कित्ता, अपर हेवाखोला हाइड्रोपावरको २० लाख कित्ता, ग्रिनभेन्चर कम्पनीको ६२ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । बोर्डको समीक्षा अवधिमा रहेका मध्ये सातवटा जलविद्युत् कम्पनी रहेको छन् । न्यांदी हाइड्रोपावरको ४ लाख ५० हजार कित्ता, विन्ध्यवासिनी हाइड्रोपावरको २५ लाख कित्ता, समलिङ हाइड्रोपावरको १२ लाख ३० हजार कित्ता, हिमालयन हाइड्रोपावरको २२ लाख २५ हजार कित्ता, बलेफी हाइड्रोपावरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता, बुद्धभूमि नेपाल हाइड्रोको १२ लाख कित्ता र साहस ऊर्जाको १ करोड ५ लाख कित्ता सेयर पाइपलाइनमा रहेका छन् ।

त्यस्तै, एनईएसडीओ समृद्धि लघुवित्तको ८ लाख २८ हजार ७ सय ५० कित्ता, डिस मिडिया नेटवर्कको २३ लाख ८५ हजार ९ सय २९ कित्ता, सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता, आईएमई लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता र मानुषी लघुवित्त वित्तीय संस्थाको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयरसमेत निष्कासन अनुमतिका लागि पाइपलाइनमा रहेका छन् ।

आईपीओ निष्कासन गर्न एक वर्षको अडिट रिपोर्ट आवश्यक हुने भएकोले मापदण्ड पूरा भएको कम्पनीको आईपीओ निष्कासनका लागि बोर्डले अनुमति दिने गर्दछ । एक वर्षअघिसम्म प्राथमिक सेयर निष्कासन हुँदा समेत बिक्री हुन नसक्ने अवस्था थियो भने पछिल्लो समय दोस्रो बजारमा माथि उठेसँगै प्राथमिक बजारमा लगानीकर्ता निकै आर्कषण हुने गरेका छन् । कुनै समय आवेदन माग गर्दा आवेदन नआउने सेयरमा अहिले समयअगावै मागभन्दा अत्यधिक आवेदन आउने गरेको छ । राजधानी दैनिकबाट 

images
प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - ०६:३५:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology