Logo

शनिवार, आश्विन २४ गते २०८३

images

युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

दैनिकी न्यूज

२५, आषाढ २०७८
युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ?
images

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन नै १.४२ गुणा बढी आवेदन परेको छ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओमा बिहीबार बेलुका ५ बजेसम्ममा ४ लाख ६१ हजार ३५६ जना आवेदकबाट ८२ लाख ४७ हजार ८८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको आईपीओको १.४२ गुणा धेरै हो।

कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ।

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

युनियन लाइफको आईपीओ निष्कासन बन्द छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गते बैंकिङ समयपछि हुने भनिएको छ। धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

images
प्रकाशित मिति :आषाढ २५, २०७८ शुक्रवार - ०६:३६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology