Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मंगलबार नेप्से परिसूचक झिनो अंकले घट्यो

मंगलबार नेप्से परिसूचक झिनो अंकले घट्यो

दैनिकी न्यूज

२२, आषाढ २०७८
मंगलबार नेप्से परिसूचक झिनो अंकले घट्यो
images

काठमाडौं । मंगलबार नेप्से सूचक सामान्य अंकले घटेको छ । नेप्से सूचक ५.२५ अंकले घटेर नेप्से परिसूचक २८१८.११ अंकमा सीमित भएको छ।

आज १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज कारोबारमा बैंकिङ, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, माइक्रो फाइनान्स लगायतका सब इन्डेक्स वृद्धि देखिदा जलविद्युत्, फाइनान्स, ट्रेडिङ र लगानी समूहमा गिरावट देखिएको छ।

आज ७७ वटा मात्रै कम्पनीको शेयर मूल्य बढेको छ भने १२० वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी २३ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

सबैभन्दा बढी शेयर मूल्य बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी, माउन्टेन इनर्जी नेपाल, सिभिल लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, समटि माइक्रो फाइनान्सलगायतका कम्पनी छन्।

त्यसैगरी सबैभन्दा बढी घट्ने कम्पनीमा एचआइडीसीएल, माथिल्लो तामाकोसी, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र नेशनल हाइड्रोपावर कम्पनीलगायतका कम्पनी छन्।

बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक किनबेच भएको छ । कम्पनीको ३५ करोड ८७ लाख रुपैयाँको किनबेच भएको छ। यसपछि तामाकोशीको २० करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ। 

images
प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - १९:०५:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology