Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मनकामना लघुवित्तको आईपीओमा १६ लाखको आवेदन

मनकामना लघुवित्तको आईपीओमा १६ लाखको आवेदन

दैनिकी न्यूज

२०, आषाढ २०७८
मनकामना लघुवित्तको आईपीओमा १६ लाखको आवेदन
images

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन्।

आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो।

क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई करोड १२ लाख ७० हजार ३० कित्ता सेयर माग भएको छ। सर्वसाधारणका लागि माग गरेको भन्दा ५८ दशमलव ५१ गुणा बढी हो। संस्थाले सर्वसाधारणमा तीन लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो।

बिहीबारदेखि बिक्री खुला भएको संस्थाको आईपीओ यही असार २५ गतेसम्म आवेदन दिन सकिने बताइएको छ। तीन करोड ८९ लाख बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत देव सिंह विष्टले जानकारी दिए।

उनका अनुसार प्रतिकित्ता रु १०० अंकित दरका तीन लाख ८९ हजार ४९२ कित्ता साधारण सेयर बिक्री खुला भएको छ। तीमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।

बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ। उक्त सेयर इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो सेयर एप (सफ्टवेयर) मार्फतसमेत आईपीओमा आवेदन दिन सकिनेछ। रासस 

images
प्रकाशित मिति :आषाढ २०, २०७८ आइतवार - १५:०२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology