Logo

शनिवार, आश्विन २४ गते २०८३

images

साउन ५ गतेदेखि एचआईडिसीएलले हकप्रद शेयर निष्काशन गर्दै

साउन ५ गतेदेखि एचआईडिसीएलले हकप्रद शेयर निष्काशन गर्दै

दैनिकी न्यूज

१८, आषाढ २०७८
साउन ५ गतेदेखि एचआईडिसीएलले हकप्रद शेयर निष्काशन गर्दै
images

काठमाडौं । साउन ५ गतेदेखि हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापूँजी ११ अर्बको एक कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयर (१ः१) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ करोड कित्ता हकप्रद जारी गर्ने भएको हो ।

कम्पनीले हकप्रद प्रयोजनार्थ गत जेठ २८ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ जेठ २७ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन्।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै आवेदकले धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका सथै मेरो शेयरबाट पनि आवेदन दिन पाउनेछन् ।

कम्पनीले हकप्रद निष्कासनको लागि धितोपत्र बोर्डबाट जेठ ९ गते अनुमति पाएको हो । कम्पनीको हकप्रदमा आवेदकले साउन २५ गतेसम्म आवेदन दिन पाउनेछन् । 

images
प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - ०९:४२:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology