काठमाडौं । बुधबारको कारोबारमा उतारचढावका बीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव ८२ अंकले गिरावट आएको छ । यो दिन नेप्से २८२३.८७ अंकमा आएर आजको कारोबार बन्द भएको छ ।
यो दिन १ करोड ६२ लाख ४८ हजार १०० कित्ता कारोबार ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँमा कारोबार भएको छ ।
यो दिन फाइनान्स र विकास बैंकको सबइन्डेक्समा वृद्धि देखिएको छ । साथै लगानी, जीवन बीमा, बैंकिङलगायतका उपसमूहमा गिरावट देखिएको छ ।
यो दिनको कारोबारमा पोखरा फाइनानसको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट देखिएको छ भने अन्य कमाउने शीर्ष कम्पनीमा सेन्ट्रल फाइनान्स, नेपाल फाइनानस, मल्टिप्रपोज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, बेस्ट फाइनान्सलगायतका कमपनी छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा एचआइडीसीएल, खानीखोला हाइड्रोपावर, गुणपति माइक्रोफाइनान्स, सबैको लघुवित्त, सोल्टी होटललगायतका कम्पनी छन् ।
कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी, नेपाल हाइड्रोपावर कम्पनीलगायतका छन् ।