काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले शुक्रबार असार ११ गतेबाट आइपीओ बिक्री खुला गरेको हो । यसले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसआधारमा जीवन विकासले १०० रुपैयाँ दरको १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ बिक्री गर्नेछ । लघुवित्तको आइपीओमा सोमबार बेलुकासम्ममा १५ गुणा बढी आवेदन परेको छ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ।