काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
धितोपत्र बोर्डले युनियन लाइफलाई ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो।
कम्पनीले आईपीओ निष्कासनका लागि जेठ ९ गते बोर्डमा निवेदन दिएको थियो । निवेदन दर्ता गरेको एक महीनामै कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको हो ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्तापूँजी हाल १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा कम्पनीले २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको हो ।