Logo

शनिवार, आश्विन २४ गते २०८३

images

अपि पावर कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

अपि पावर कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

दैनिकी न्यूज

१३, आषाढ २०७८
अपि पावर कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
images

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०।२९३८ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गरेको छ।

विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदमा अपि पावर कम्पनी ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु इटहरी, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरबाट आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

मेरो शेयरबाट हकप्रदका लागि आवेदन दिन सकिने छ । कम्पनीले निष्कासन गरेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । 

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - ०८:३५:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology