Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सेयर बजारमा पहिरो, परिसूचक र कारोबार दुवैमा भारी गिरावट

सेयर बजारमा पहिरो, परिसूचक र कारोबार दुवैमा भारी गिरावट

दैनिकी न्यूज

९, आषाढ २०७८
सेयर बजारमा पहिरो, परिसूचक र कारोबार दुवैमा भारी गिरावट
images

काठमाडौं । बुधबार सेयर बजार सूचक भारी मात्रामा गिरावट आएको छ । एक सातापछि मंगलबार बढेको बजार आज फेरि ओरालो लागेको हो । आज नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.१८ बिन्दुमा आएर कारोबार बन्द भएको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ७.३७ अंकले घटेर ५२८।९७ बिन्दुमा पुगेको छ ।

कूल २१८ कम्पनीको एक करोड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रूपैयाँ मंगलबार सेयर बजारमा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको कारोबार भएको थियो ।

आज कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको सेयर घटेको छ । आज पनि विकास बैंक समूहको सेयरमूल्यमा सबैभन्दा धेरै घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि ५४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेपाल इन्योरेन्स कम्पनीको ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज १५ वटा कम्पनीको मात्रै शेयरमूल्यमा बृद्धि भएको छ । १६५ वटा कम्पनीका लगानीकर्ताले आजको कोरोबारमा गुमाएका छन् । 

images
प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - १५:३८:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology