काठमाडौं । अपि पावरले हाल निष्काशन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने म्याद थपेको छ । कम्पनीले गत जेठ २० गतेदेखि खुला गरेको हकप्रद सेयर आवेदनको अन्तिम दिन आजसम्मलाई तोकेको थियो ।
कम्पनीले आज एक सूचना जारी गर्दै हकप्रद सेयर आवेदन गर्ने म्याद ४ दिन थप गरेको छ । यससँगै गत बैशाख २८ गतेसम्म कायम सेयरधनीले असार १३ गतेसम्म कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरिरहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।
अपिले यस अघि पनि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो ।