Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्सेमा पहिरो, ७१ अंकले घट्यो बजार

नेप्सेमा पहिरो, ७१ अंकले घट्यो बजार

दैनिकी न्यूज

७, आषाढ २०७८
नेप्सेमा पहिरो, ७१ अंकले घट्यो बजार
images

काठमाडौं । साताको पहिलो दिन उच्च अंकले घटेको सेयर कारोबार कारोबार मापक नेप्से परिसूचक दोस्रो दिन पनि उच्च अंकले गिरावट आएको छ । सोमबार नेप्से सूचक ७१.०६ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ४० अंकमा झरेर आजको कारोबार बन्द भएको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.३७ अंकले घटेर ५२०.१८ अंकमा पुगेर कारोबार बन्द भएको छ ।झरेको छ । कारोबार रकम भने करिब १२ अर्ब पुगेको छ ।

१ लाख ३० हजार ३९७ कारोबारबाट २२७ कम्पनीको २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६ सय ४ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको शेयर घटेको छ । आज फाइनान्स र हाइड्रोपावर समूहको शेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको हो ।

आज पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले घटेको छ ।

आज उच्च अंकको गिरावट आएको बजारमा एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । 

images
प्रकाशित मिति :आषाढ ७, २०७८ सोमवार - १५:३८:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology