Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आजदेखि बैंक तथा वित्तीय संस्थाका शाखा आवश्यकता अनुसार खोल्न पाइने

आजदेखि बैंक तथा वित्तीय संस्थाका शाखा आवश्यकता अनुसार खोल्न पाइने

दैनिकी न्यूज

१, आषाढ २०७८
आजदेखि बैंक तथा वित्तीय संस्थाका शाखा आवश्यकता अनुसार खोल्न पाइने
images

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएको छ। दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले कोटा प्रणाली तोकेको थियो।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले मंगलबारदेखि उपत्यकामा जारी निषेधाज्ञामा केही खुकुलो बनाएसँगै बैंक तथा वित्तीय संस्थाको कोटा प्रणाली हटाईएको हो ।

राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै पुरानो व्यवस्थालाई फुकुवा बनाइएको जनाएको हो। यसअघि वैशाख १९ र जेठ १० गते जारी गरिएको निर्देशन खारेज भएको हो।

यसअघि राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो। जसअनुसार काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका ३ वटासम्म शाखा संचालन हुँदै आएको थियो।

कोटा प्रणाली हटाउँदै न्यून कर्मचारी राख्दै न्यून शाखा कार्यालय सञ्चालन गर्न अनुमति दिईएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए। उनका अनुसार आजदेखि सम्बन्धित बैंकले सञ्चालन गर्ने शाखाको संख्या तय गर्न सक्नेछन् ।

images
प्रकाशित मिति :आषाढ १, २०७८ मंगलवार - ०९:५५:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology