काठमाडौं । कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । आज नेप्से सूचक १.८ अङ्कले घटेर २ हजार ९ सय ४४ दशमलव ७८ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।
आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, लगानी र म्युचल फन्ड समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर झन्डै १८ अङ्कले, व्यापारको ५७, होटलको २७, जीवन बीमा समूहको दुई सय ७३, निर्जीवन बीमा समूहको ४५ अङ्कले घटेको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता सेयर १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३५ रुपैयाँमा किनबेच भएका छन्। सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनीको झन्डै एक अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
आज १३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। पाँचथर पावर कम्पनीको सेयरमूल्यमा १० प्रतिशत तथा लबर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, छ्याङ्दी हाइड्रोपावर, रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स, सीईडीबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको हो।
आज गोर्खाज फाइनान्सका सेयरधनीहरले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।