Logo

शनिवार, आश्विन २४ गते २०८३

images

एचआईडिसीएलको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

एचआईडिसीएलको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

दैनिकी न्यूज

२७, जेठ २०७८
एचआईडिसीएलको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
images

काठमाडौं । काठमाण्डौ । हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले निष्कासन गर्न लागेको सतप्रतिशत हकप्रद सेयरमा आवेदन दिनका लागि योग्य हुन आज अन्तिम दिन रहेको छ।

कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले हकप्रद सेयर निष्कासनका लागि भोलि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको हकप्रदमा आवेदन दिनका लागि योग्य हुनेछन्।

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई गत जेठ ९ गते सतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको थियो।

बोर्डको अनुमतिसँगै कम्पनीले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो।

कम्पनीले ११ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीहरुका लागि जारी गर्नेछ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ। 

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - ०८:३२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology