Logo

शनिवार, आश्विन २४ गते २०८३

images

अहिलेसम्मकै उच्च विन्दुमा नेप्से सूचक

अहिलेसम्मकै उच्च विन्दुमा नेप्से सूचक

दैनिकी न्यूज

२३, जेठ २०७८
अहिलेसम्मकै उच्च विन्दुमा नेप्से सूचक
images

काठमाडौं । नेप्से परिसूचक आज ४९.७० अंकले बढ्दै २९०६.४७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि सबैभन्दा बढी गत बिहीबार नेप्से परिसूचक २९ अंकले बढ्दै २८५६.६७ विन्दुमा रोकिएको थियो ।

नेप्सेले आज हालसम्मकै उच्च कारोबार र उच्च विन्दुमा पुगेर दुई नयाँ रेकर्ड कायम गरेको हो ।

त्यस्तै, आज १७ अर्ब २७ करोड १७ लाख बराबरको कारोबार भएको छ । यो हालसम्मै उच्च कारोबार हो । यसअघि २०७८ जेठ १६ गते आइतबार १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो । बैंकिङ प्रणालीमा तरलता थुप्रिदै जाँदा, लगातारको निषेधाज्ञाका कारण अन्य क्षेत्रको लगानीसमेत बजारमा आउँदा र बैंक ब्याजदरसमेत घटिरहेका कारण यसले बजारमा दैनिकजसो नयाँ–नयाँ कीर्तिमान बनाउन सहयोग पुगेको हो।

आज कारोबार भएका समूहमध्ये ६ वटा समूह बाहेक अन्य समूह बढेका छन् भने आज १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । १ अर्ब २१ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ । दोस्रोमा निफ्रा र तेस्रोमा लुम्बिनी विकास बैंक परेका छन् । ५ कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथिदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक ८९.८५ अंकले वृद्धि भएको छ ।

images
प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - १५:२३:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology