काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा भाउ बढाएको हो ।
हालको भाउमा ती सबैमा दुई रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ ।
अब पेट्रोल १२५, डिजल १०८ र मट्टितेल र हवाई इन्धन प्रतिलिटर ८० रुपैयाँ कायम भएको छ।
पहिले पेट्रोल १२३, डिजल १०६ र मट्टितेल र हवाई इन्धन ७८ रुपैयाँ थियो।
यो भाउ समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३२ पैसा, डिजलमा ३ रुपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रुपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।