Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से परिसूचक हालसम्मै उच्च, वाणिज्य बैंक समूहमा चमक

नेप्से परिसूचक हालसम्मै उच्च, वाणिज्य बैंक समूहमा चमक

दैनिकी न्यूज

२०, जेठ २०७८
नेप्से परिसूचक हालसम्मै उच्च, वाणिज्य बैंक समूहमा चमक
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।

आज नेप्से सूचक २९.५५ अंकले बढेर २८ सय ५६.७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २८ सय २७.९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ ।

बिहीबार कूल २१८ वटा कम्पनीकाे ३ कराेड ४६ लाख ९१ हजार ३ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ९० करोड ७० लाख २० हजार २ सय ८६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ  । बिहीबार विशेषगरी वाणिज्य बैंक समूहको शेयरमूल्यमा वृद्धि भएको छ । विकास बैंक, फाइनान्स समूह पनि बढेका छन् र यी ३ वटै समूहमा वृद्धि आउँदा नेप्से सूचकमा पनि दोहोरो अंकको वृद्धि भएको छ ।

यता, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यस कम्पनीको आज एक अर्ब २ करोड ७० लाख २७ हजार २८७ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा मञ्जुश्री फाइनान्स कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, गुराँस फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यस्तै, आज पञ्चकन्यामाई हाइड्रोपावर र राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । पञ्चकन्यामाईको शेयरमूल्य आज ५.९२ प्रतिशत, राधीको शेयरमूल्य ५.०६ प्रतिशतले घटेको छ। 

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - १५:३७:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology