Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दोहोरो अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दोहोरो अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दैनिकी न्यूज

१९, जेठ २०७८
दोहोरो अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
images

काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज फेरि बढेको छ । आज नेप्से सूचक ५५.७६ अंकले बढेको हो । योसँगै नेप्से परिसूचक २८२७.१२ को विन्दुमा पुगेको छ । यसअघि गत आइतबार नेप्सेले अल टाइम हाई रेकर्ड ब्रेक गर्दै २८२७.९३ को नयाँ उचाइमा पुगेको थियो ।

यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.८३ अंकले बढेर ५०५.१५ को उचाइमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका २ करोड २६ लाख १३ हजार २९ कित्ता सेयर ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँमा कारोबार भएका छन्।

यस लिन कारोबारमा आएका १३ वटा उपसमूहको सूचकहरुमध्ये १२ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने म्युचुअल फण्ड उपसमूहको सूचक नकारात्मक देखिएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ४७९.११ अंकले बढेको छ । जीवन समूह ३७४.१७ अंक, बैंकिङ समूह ८.८ अंक, व्यापार समूह १५.१२ अंक, होटेल तथा पर्यटन समूह ९२.३५ अंक, विकास बैंक समूह २२५.६६ अंक, जलविद्युत समूह ८१.८२ अंक, वित्त समूह १३७.८३ अंक, उत्पादन तथा प्रशोधन समूह १३६.३४ अंक, अन्य समूह ११०.७७ अंक, लघुवित्त समूह ६९.६३ अंक र लगानी समूह ०.९२ अंकले बढेको छ । यो दिन म्युचुअल फन्ड समूह ०.०२ अंकको गिरावट आएको छ।

बुधबार पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने निर्धन उत्थान लघुवित्तको ३३ करोड ४५ लाख, सानिमा माई हाइड्रोपावरको ३२ करोड १९ लाख, लुम्बिनी विकास बैंकको २९ करोड ७९ लाख र ज्योति विकास बैंकको २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै एसियन लाइफ इन्स्योरेन्सको २१ करोड ७८ लाख, शिखर इन्स्योरेन्सको २० करोड ९२ लाख, मञ्जुश्री फाइनान्सको १७ करोड २६ लाख, राधी विद्युतको १७ करोड २ लाख रुपैयाँ र गरिमा विकास बैंकको १६ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्रिय बीमा कम्पनी र सानिमा माई हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। यस्तै, मञ्जुश्री फाइनान्सको ९।९७ प्रतिशत, पोखरा फाइनान्सको ९।९७ प्रतिशत, समृद्धि फाइनान्सको ९.९७ प्रतिशत र लुम्बिनी विकास बैंकको ९.९३ प्रतिशतले बढेको छ।

यो दिन राधी विद्युत कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७.२३ प्रतिशत बढीले ओरालो लागेको छ। विशाल बजार कम्पनीको १.६७ प्रतिशत घटेको छ। केहि म्युचुअल फण्डहरूको शेयरमूल्य पनि घटेको छ। 

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - १६:४२:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology