Logo

शनिवार, आश्विन २४ गते २०८३

images

चौधरी ग्रुपको उद्योगमा भीषण आगलागी, नियन्त्रण लिन नसकेपछि भवन भत्काइयो

चौधरी ग्रुपको उद्योगमा भीषण आगलागी, नियन्त्रण लिन नसकेपछि भवन भत्काइयो

दैनिकी न्यूज

१९, जेठ २०७८
चौधरी ग्रुपको उद्योगमा भीषण आगलागी, नियन्त्रण लिन नसकेपछि भवन भत्काइयो
images

नवलपरासी । पूर्वी नवलपरासीमा रहेको चौधरी ग्रुपको बियर गोदाममा भीषण आगलागी भएको छ । देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्रामको सीजी फुडमा बुधबार बिहान सवा ८ बजेदेखी आगलागी भएको हो । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको पूर्वनवपरासी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वीनवपरासी जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न शुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताएको छ । अहिल ५ वटा दमकल परिचालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ । आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ। सीजी फुड अन्तरगतर रहेको वियर फ्याक्टिको गोदाममा आगलानगी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा नआएकाले क्षतिको विवरण यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा रहेका हाम्रा प्रतिनिधिका अनुसार आगोको मुस्लो निकै देखिन्छ । चर्को घाम लागेको छ । 

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - ११:१७:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology