Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से सूचक दोहोरो अंकले घट्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

नेप्से सूचक दोहोरो अंकले घट्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

१७, जेठ २०७८
नेप्से सूचक दोहोरो अंकले घट्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौं । सोमबार बजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४५.२५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २७८२.६८ को विन्दुमा आएको छ ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.५८ अंकले घटेर ५००.४७ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँमा करोबार भएका छन्।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटाको शेयर मूल्य घटेको छ भने एउटामात्रै बढेको छ ।
आज म्युचुअल फन्ड समूहमात्रै ०.०४ अंकले बढेको छ । यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३८०.८८ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह ३५६.९० अंक, बैंकिङ समूह १९.१४ अंक, विकास बैंक समूह ५६.९७ अंक, वित्त समूह ८.८६ अंक, होटेल तथा पर्यटन समूह ०.८१ अंक, जलविद्युत समूह १२९.९३ अंक, लगानी समूह ०.९८ अंक, उत्पादन तथा प्रशोधन समूह ९४.१४ अंक, लघुवित्त समूह १०.०५ अंक, अन्य समूह ५१.६३ अंक र व्यापार समूहमा १६८.०९ अंकको गिरावट आएको छ।

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक ९१ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। लुम्बिनी विकास बैंकको ४० करोड २१ लाख, एचआईडीसीएलको ३२ करोड ७५ लाख, नेपाल पुनर्बीमा कम्पनीको ३२ करोड ७१ लाख, ज्योति विकास बैंकको ३० करोड ६६ लाख, नेसनल हाइड्रोपावरको २७ करोड ५ लाख, अरुण काबेली पावरको २६ करोड ६७ लाख, अपी पावरको २४ करोड ७९ लाख, युनाइटेड मोदी हाइड्रोपावरको २४ करोड ४२ लाख र अरुण भ्याली हाइड्रोपावरको २३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राधी विद्युत कम्पनी र सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नारायणी विकास बैंकको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन अधिकांश जलविद्युत कम्पनीहरुको शेयरमूल्य घटेको छ। शेयरमूल्य घटेका १० शीर्ष कम्पनीहरुमा सबै जलविद्युत कम्पनीहरु नै रहेका छन्। जसमध्ये बरुण हाइड्रोपावर शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ। 

images
प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - १६:२४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology