काठमाडौं । नेपाली बजारमा सोमवार पनि सुनको मूल्य तोलामा रू. २०० ले बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू। २०० ले बढेको सुनको भाउ सोमवार पनि सोही अंकले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९४ हजार २०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९४ हजारमा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. २०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ७०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आइतवार प्रतितोला रू. १ हजार ३५५ मा कारोबार भएको चाँदी सोमवार रू. १ हजार ३६० खरीदविक्री भइरहेको छ । आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य रू. ५ ले बढेको हो ।