Logo

शनिवार, आश्विन २४ गते २०८३

images

अल्पकालिन लगानीकर्ताको लागि पूँजीगत लाभकर साढे २ प्रतिशत बढ्यो

अल्पकालिन लगानीकर्ताको लागि पूँजीगत लाभकर साढे २ प्रतिशत बढ्यो

दैनिकी न्यूज

१६, जेठ २०७८
अल्पकालिन लगानीकर्ताको लागि पूँजीगत लाभकर साढे २ प्रतिशत बढ्यो
images

काठमाडौं । सरकारले अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्ताका लागि छुट्टाछुटटै पूँजीगत लाभकरको व्यवस्था गरेको छ ।

सरकारले जारी गरेको आर्थिक अद्यादेशमा एक वर्षभन्दा कम अवधिमा शेयर कारोबार भई लाभ लिएका लगानीकर्ताहरुमा ७.५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।

एक वर्षसम्म शेयर कायम गरी त्यसपछि कारोबार पश्चात लाभ गर्ने लगानीकर्ताहरुका लागि भने सरकारले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको हो ।

यसअघि अल्कालिन र दीर्घकालिन दुवै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । यस वर्ष सरकारले अल्पकालिन लगानीकर्ताको लागि २.५ प्रतिशत पूँजीगत लाभकर बढाएको हो ।

यस वर्षको बजेटमा पूँजीबजारका विषयमा धेरै कुरा सम्बोधन नभएपनि बजारको विकास र विस्तारकै लागि वितरणमुखी बजेट आएकोमा खुशी व्यक्त गरेका लगानीकर्ताहरुले अध्यादेशमार्फत पूँजीगत लाभकर बढाएकोमा भने दुख व्यक्त गरेका छन् । कतिपय लगानीकर्ताहरुले भने दीर्घकालिन लगानीलाई प्रोत्साहन हुने भन्दै यस विषयलाई स्वागत गरेका छन् ।

यो खबर आजको आर्थिक अभियानमा छापिएको छ । 

images
प्रकाशित मिति :जेठ १६, २०७८ आइतवार - १०:२३:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology