काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकमा सामान्य करेक्सन देखिए पनि कारोबार रकममा भने उत्साह कायमै रहेको देखिएको छ। आज बजारमा ६.५० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८ सय १६.५६ को विन्दुमा झरेको छ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.५१ अंकले घटेर ५०३.९९ को विन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर ११ अर्ब १३ करोड ३३ लाख ९६ हजार १०८ रुपैयाँमा खरिदविक्री भएका छन्।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहको सूचकहरुमध्ये ६ उपसमूहको सूचक सकारात्मक देखिए भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिए । यो दिन जीवन बीमा समूह सर्वाधिक ४३१.५९ अंकले बढ्यो । निर्जीवन बीमा समूह २५३.०९ अंक, जलविद्युत समूह ६४.५५ अंक, व्यापार समूह ४०.२५ अंक, लघुवित्त समूह २.३१ अंक र म्युचुअल फन्ड समूह ०.०२ अंकले बढ्यो ।
उता यो दिन विकास बैंक समूह सर्वाधिक ५३.४६ अंकले गिरावट आएको छ । अन्य समूह २९.१२ अंक, बैंकिङ समूह २५.५७ अंक, होटेल तथा पर्यटन समूह २७.८९ अंक, वित्त समूह १.७४ अंक, उत्पादन तथा प्रशोधन समूह २२.५१ अंक र लगानी समूह १.१७ अंकले गिरावट आयो ।
आज अरुण काबेली पावरको सर्वाधिक ३३ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एसियन लाइफ इन्स्योरेन्सको ३३ करोड ७ लाख, एचआईडीसीएलको ३० करोड ३४ लाख, सूर्या लाइफ इन्स्योरेन्सको २९ करोड १७ लाख, नेसनल लाइफ इन्स्योरेन्सको २७ करोड ८५ लाख, गुराँस लाइफ इन्स्योरेन्सको २६ करोड १८ लाख, युनाइटेड इन्स्योरेन्सको २४ करोड ४७ लाख, नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ९३ लाख, आइएमई जनरल इन्स्योरेन्सको २० करोड ५६ लाख र प्राइम लाइफ इन्स्योरेन्सको १९ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका ४ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। मंगलबार बरुण हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रोको ९.८६ प्रतिशत, युनिभर्सल पावरको ९.८४ प्रतिशत र घलेम्दी हाइड्रोको ९.७८ प्रतिशतले बढेको छ।
यता मल्टिपर्पस फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ३.२२ प्रतिशतले घटेको छ भने मितेरी डेभलपमेन्ट बैंकको २.७० प्रतिशत, नेपाल फाइनान्सको २.६२ प्रतिशत, सेञ्चुरी कमर्शियल बेंकको २.५५ प्रतिशत र शाइन रेशुंगा डेभलपमेन्ट बैंकको २.४५ प्रतिशतले घटेको छ।