काठमाडौं । गत वर्षको बन्दाबन्दीपछि शेयर बजारमा आएको उछाल पछिल्लो समय एक पछि अर्को नयाँ रेकर्ड कायम गर्न थालको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले सोमबार फेरि नयाँ रेकर्ड राखेको छ । सोमबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको हो ।
बजार नेप्से सूचक ३.०७ अंकले बढेको छ । योसँगै नेप्से परिसूचक २८ सय २३ दशमलव शून्य ६ को विन्दुमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेर ५०८.४९ को विन्दुमा पुगेर आजको कारोबार बन्द छएको छ । कारोबार रकमले पनि आज नयाँ कीर्तिमान कायम गरेको छ। यो दिन नेप्सेमा सूचीकृत २१६ कम्पनीका २ करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयर १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँमा किनबेच भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटाको शेयर मूल्य बढेको छ भने बाँकी ८ वटाको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन निर्जीवन बीमा समूह सर्वाधिक १९६.६४ अंकले बढेको छ । जलविद्युत समूह ५.२ अंक, बैंकिङ समूहमा ४.०८ अंक, म्युचुअल फन्ड ०.०९ अंक र लगानी समूह १.४१ अंकले बढेका छन् । उता आज व्यापार समूह सर्वाधिक ५७.६ अंकले गिरावट आएको छ । जीवन बीमा समूह ५५.६१ अंक, होटेल तथा पर्यटन समूह १७ अंक, विकास बैंक समूह ३२.९ अंक, वित्त समूह ३६.४२ अंक, उत्पादन तथा प्रशोधन समूह ४७.८२ अंक, अन्य समूह ९.३१ अंक र लघुवित्त समूह ५.३७ अंकले गिरावट आएको छ।
आज एचआईडीसीएल उच्च कारोबार भएको छ। यो कम्पनीको मात्रै १ अर्ब २६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ। यसैगरी नेको इन्सुरेन्सको ३७ करोड ३३ लाख, नेपाल पुनर्बीमा कम्पनीको २८ करोड २० लाख, आइएमई जनरल इन्स्योरेन्सको २५ करोड ७० लाख, सूर्या लाइफ इन्स्योरेन्सको २४ करोड ८१ लाख, सिभिल बैंकको २४ करोड १४ लाख, कुमारी बैंकको २१ करोड ९८ लाख, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ३ लाख, ज्योति विकास बैंकको २० करोड ९८ लाख र नेपाल बंगलादेश बैंकको २० करोड ८६ लाख रुपैयाँ भन्दा बढीको खरिद विक्री भएको छ ।
सोमबार कारोबारमा आएका ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशत, युनाइटेड इदि मर्दीको ९.८९ प्रतिशत, माउन्टेन हाइड्रोको ९.८७ प्रतिशत र ग्रिन डेभलपमन्ट बैंकको ९.४५ प्रतिशतले बढेको छ।
यता एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सबैभन्दा धेरै ४.४७ प्रतिशतले घटेको छ । गुडविल फाइनान्सको ४.३७ प्रतिशत, सेन्ट्रल फाइनान्सको ४.१३ प्रतिशत, मिथिला लघुवित्तको ३.९६ प्रतिशत र सिन्धु विकास बैंकको ३.९६ प्रतिशतले घटेको छ ।