Logo

शनिवार, आश्विन २४ गते २०८३

images

निषेधाज्ञामा बैंक सञ्चालनमा थप कडाई

निषेधाज्ञामा बैंक सञ्चालनमा थप कडाई

दैनिकी न्यूज

१०, जेठ २०७८
निषेधाज्ञामा बैंक सञ्चालनमा थप कडाई
images

काठमाडौं । निषेधाज्ञा अवधिभर बैंकहरुले काठमाडौँ जिल्लामा ३ वटा शाखामात्र खोलेर सेवा प्रदान गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै निषेधाज्ञा अवधिभर बाणिज्य बैंकहरुले काठमाडौँ जिल्लामा आफ्ना तिन वटा शाखा मात्र खोलेर सेवा दिन निर्देशन दिएको छ ।

राष्ट्रबैंकको यो सर्कुलरसँगै अब काठमाडौं उपत्यकाका तीन जिल्लामा बैंक तथा वित्तीय संस्थाका सीमित शाखाहरु मात्र आलोपालो गरी संचालनमा आउनेछन् ।

वाणिज्य बैंकहरुले दैनिक रुपमा काठमाण्डौ जिल्लामा ३ शाखा, ललितपुरमा २ र भक्तपुरमा एउटा शाखा मात्र संचालन गर्न पाउनेछन् ।

यस्तै, विकास बैंकहरुले दैनिक रुपमा आलोपालो गरी काठमाण्डौमा २, ललितपुरमा १ र भक्तपुरमा एउटा शाखा मात्र संचालन गर्न पाउनेछन् ।

वित्त कम्पनीहरुले उपत्यकाका तीनवटै जिल्लामा दैनिक एउटाको दरले मात्र शाखा संचालन गर्नुपर्नेछ ।

तोकिएका शाखा संख्या बाहेक सबै संस्थालाई केन्द्रीय कार्यालयको नियमित संचालनमा भने कुनै रोक लगाइएको छैन ।

बन्द रहेका बैंकका शाखाले सेवाग्राहीलाई अत्यावश्यक पर्दा वैकल्पिक उपाय लगाएर भए पनि सेवा दिनुपर्नेछ । त्यसरी सेवा बन्द रहेका बैंकका शाखाको सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा, शाखा खुल्ला रहने समयसम्बन्धी सूचना दैनिक रुपमा प्रकाशन गर्नुपर्नेछ ।

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - १६:४८:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology