Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति प्रस्ताव गर्यो नेको इन्स्योरेन्सले लाभांश ?

कति प्रस्ताव गर्यो नेको इन्स्योरेन्सले लाभांश ?

दैनिकी न्यूज

१०, जेठ २०७८
कति प्रस्ताव गर्यो नेको इन्स्योरेन्सले लाभांश ?
images

काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । जेठ ९ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले १५.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद गरी १६ दशमलब ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

हाल चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ । 

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - १२:०१:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology