Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्सेले गर्यो अलटाइम हाई रेकर्ड ब्रेक, १६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

नेप्सेले गर्यो अलटाइम हाई रेकर्ड ब्रेक, १६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

दैनिकी न्यूज

९, जेठ २०७८
नेप्सेले गर्यो अलटाइम हाई रेकर्ड ब्रेक, १६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
images

काठमाडौँ।  साताको पहिलो दिन नेप्से परिसूचकले अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ। यस दिन नेप्से ३२.८१ अंकले वृद्धि भएको छ ।

यो सँगै नेप्से २८२० को विन्दुमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो।  सेन्सेटिभ इन्डेक्स पनि ८.२३ अंकले बढेर ५०७.२० को उचाइमा पुगेको छ। यस दिन कारोबार रकम झन्डै  ११ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा बढेको छ भने ३ वटा घटेको छ । 

यो दिन विकास बैंक समूह सर्वाधिक २३९.८९ अंकले उकालो लागेको छ। वित्त समूह १०४.५५ अंकले बढेको आज बैंकिङ समूहमा ३३.२९ अंक, जलविद्युत् समूहमा ४४.२० अंक, लगानी समूहमा ०.०९ अंक, जीवन बीमा समूहमा ६१.६३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७.४८ अंक, म्युचुअल फन्ड समूहमा ०.१० अंक, अन्य समूहमा १३.२१ अंक र व्यापार समूहमा ४१.८८ अंकको बढोत्तरी भएको छ। 

आज लघुवित्त समूह सर्वाधिक २०.७० अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ११.७० अंकले घटेको यो दिन होटेल तथा पर्यटन समूहमा २.९४ अंकको गिरावट आएको छ। 

यस दिन १६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कर्णाली डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशत तथा महालक्ष्मी बिकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी, कालिका पावर, बेस्ट फाइनान्स, गुडविल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर, सिनर्जी पावर, श्री इन्भेस्टमेन्ट फाइनान्स, आईसीएफएसी फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन मञ्जुश्री फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेका छन्।

आज रुरु जलविद्युत र समता घरेलु लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ। 

images
प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - १६:५७:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology