Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सेयर बजारमा रेकर्ड नै रेकर्ड बनेको साताको अन्तिम दिन ६.३७ अंकले बढ्यो नेप्से

सेयर बजारमा रेकर्ड नै रेकर्ड बनेको साताको अन्तिम दिन ६.३७ अंकले बढ्यो नेप्से

दैनिकी न्यूज

६, जेठ २०७८
सेयर बजारमा रेकर्ड नै रेकर्ड बनेको साताको अन्तिम दिन ६.३७ अंकले बढ्यो नेप्से
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ६.३७ अंकले बढेको छ ।

यो साता आइतबारदेखि मंगलबारसम्म लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाएको नेप्से बुधबार भने दोहोरो अंकले करेक्सन भएको थियो । तर, आज साताको अन्मित कारोबार दिन उतार–चढावबीच पुनः लयमा फर्कने प्रयास गरेको नेप्से ६.३७ अंकले बढेर २७८७.१९ अंकमा आएर आजको कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २१४ कम्पनीका २ करोड १ लाख ३३ हजार ६०२ कित्ता सेयर ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रुपैयाँमा किनबेच भएका छन्। त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले बढेर ४९८.९७ को विन्दुमा पुगेको छ। यस दिन १ करोड ९९ लाख ७८ हजार ९५ कित्ता सेयर किनबेच भएको छ ।

जेठ ४ गते मंगलबार २७९३.८१ अंकमा ऐतिहासिक उचाइमा बन्द भएको नेप्से बुधबार १३.०९ अंकको करेक्सन हुँदा २७८३०.८१ अंकमा बन्द भएको थियो । आज बिहीबार प्रि–ओपन सेसनमा नै करिब १ प्रतिशतले बढेर २८०७ अंकको विन्दुमा खुलेको नेप्से आजको कारोबार दिनमा ओपनिङ विन्दुलाई नै उच्च विन्दु बनाउँदा २७७५ अंकसम्म झरेको थियो ।

बुधबार पटक–पटक २८०० अंकको विन्दु पार गरे पनि अन्तिममा घटेर बन्द भएको नेप्सेमा आज भने प्रि–ओपनिङ सेसनमा २८०० माथि खुले पनि त्यसपछि भने २८०० अंकको विन्दु पार गर्न सकेन ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ५ वटा समूहको शेयर मूल्य बढेको छ भने बाँकी ८ वटामा गिरावट आएको छ । यो दिन विकास बैंक समूह सर्वाधिक ११३.४४ अंकले बढेको छ । वित्त समूह ८९.२६ अंक, बैंकिङ समूह १७.३४ अंक, अन्य समूह १.८ अंक र म्युचुअल फन्ड समूह ०.०३ प्रतिशतले बढेको छ । उता जीवन बीमा समूह सर्वाधिक ७८.८५ अंकले गिरावट आएको छ । उत्पादन तथा प्रशोधन समूह ५६.८२ अंक, व्यापार समूह २२.६३ अंक, होटेल तथा पर्यटन समूह १८.८९ अंक, जलविद्युत् समूह ४२.२५ अंक, निर्जीवन बीमा समूह २३.४७ अंक, लघुवित्त समूह १३.२३ अंक र लगानी समूह ०.७५ अंकको गिरावट आएको छ।

नेपाल पुनर्बीमा कम्पनीको आज सर्वाधिक ३४ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ। बैंक अफ काठमाण्डूको ३४ करोड १ लाख, नेसनल लाइफ इन्स्योरेन्सको २४ करोड ४३ लाख, नेपाल टेलिकमको २४ करोड ११ लाख, सिभिल बैंकको २२ करोड ६९ लाख, निफ्राको १९ करोड ९७ लाख, मञ्जुश्री फाइनान्सको १९ करोड ७ लाख, सिद्धार्थ इन्स्योरेन्सको १७ करोड २२ लाख, सेञ्चुरी कमर्सियल बैंकको १७ करोड १० लाख र अरुण भ्याली हाइड्रोपावरको १७ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। गुडविल फाइनान्स र मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा समता घरेलु लघुवित्त, गोखार्ज फाइनान्स, युनाइटेड इदी मर्दी र जानकी फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

यता पाँचथर पावर कम्पनीको शेयरमूल्य यस दिन साढे ६ प्रतिशत घटेको छ।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १७:०३:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology