काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको नेप्से सूचकले दैनिकजसो नयाँ रेकर्ड बनाएको छ। मंगलबार कारोबार रकममा नयाँ रेकर्ड कायम गरेको नेप्से आज भने १३.०९ अंकले गिरावट आएको छ। तर कारोबार रकममा भने नयाँ रेकर्ड कायम गरेको छ।
बुधबार बजारमा कोरोबार रकमले नयाँ रेकर्ड कायम गर्दा नेप्से परिसुचकमा भने गिरावट आएको छ ।
दिनभरिमा उच्च रहेको नेप्से बन्द हुने समयमा १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको हो ।
मंगलबार ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँको कारोबार भएको थियो, जुन हालसम्म कै उच्च कारोबार थियो । तर बुधबार भने उक्त रेकर्ड ब्रेक गर्दै हालसम्मकै उच्च कारोबार भएको छ। बुधबार २१४ वटा कम्पनीको २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४१० रुपैयाँमा खरिद बिक्री भएको छ। यो हालसम्कै उच्च कारोबार रकम हो।
यस दिन कारोबारमा आएका १३ वा उपसमूहमध्ये ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ।