Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्से सूचक दोहोरो अंकले बढ्यो

नेप्से सूचक दोहोरो अंकले बढ्यो

दैनिकी न्यूज

३, जेठ २०७८
नेप्से सूचक दोहोरो अंकले बढ्यो
images

काठमाडौं । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि बजार दोहोरो अंकले बढ्ने नयाँ उचाइमा पुगेको छ।

आज बजार २०.७१ अंकले बढेर नयाँ उचाइमा पुग्न सफल भएको हो। योसँगै आज नेप्से परिसूचक २७५९.२१ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो।

सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले वृद्धि भएको छ । 

आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका १ करोड ९० लाख ५६ हजार २३६ कित्ता सेयर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँमा किनबेच भएका छन्।

तीनवटा समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । होटल तथा पर्यटन, विकास बैंक र उत्पादन तथा प्रशोधन समुहमा गिरावट आए पनि बजार तेज गतिमा दौडिएको परिसूचकहरुले देखाउँछ ।

रुरू जलविद्युतको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । १० प्रतिशतले बढेको रुरुको सेयर मूल्य प्रतिकित्ता ९ सय ६८ रुपैयाँ पुगेको छ । समता घरेलु लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेर प्रतिसेयर १ हजार ४ सय १० रुपैयाँ पुगेको छ । राधी जलविद्युतको सेयर मूल्य पनि ९.९४ प्रतिशतले बढेको छ ।

आज नेपाल पुर्नविमा कम्पनीको ६६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

images
प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - १६:०७:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology