Logo

शनिवार, आश्विन २४ गते २०८३

images

अपि पावरले जेठ २० गतेदेखि हकप्रद निष्कासन गर्दै

अपि पावरले जेठ २० गतेदेखि हकप्रद निष्कासन गर्दै

दैनिकी न्यूज

३, जेठ २०७८
अपि पावरले जेठ २० गतेदेखि हकप्रद निष्कासन गर्दै
images

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको एक कित्ता शेयर बराबर नयाँ शून्य दशमलव २९३८ (१ः०.२९३८) कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख २९ गते बुकक्लोज गरेको थियो। यसअनुसार बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

हाल १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार १५० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार १५० रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद निष्कासनको लागि धितोपत्र बोर्डबाट वैशाख २० गते अनुमति पाएको हो । कम्पनीको हकप्रदमा आवेदकले असार ९ गतेसम्म आवेदन दिन पाउनेछन् । 

images
प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - ०८:२९:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology