Logo

शनिवार, आश्विन २४ गते २०८३

images

यसरी बाँडफाँड भयो सिईडिबि हाइड्रोपावरको आईपीओ

यसरी बाँडफाँड भयो सिईडिबि हाइड्रोपावरको आईपीओ

दैनिकी न्यूज

३१, बैशाख २०७८
यसरी बाँडफाँड भयो सिईडिबि हाइड्रोपावरको आईपीओ
images

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

क्यापिटलले कोभिडको जोखिमलाई ध्यानमा राखी थोरै जनाको मात्र उपस्थितिमा बाँडफाँट कार्यक्रम आफ्नो अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा १६ लाख ३७ हजार ६५९ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर माग भएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको १०.५२ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण भएका छन् । त्यस अनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । त्यसमध्ये ४ जनाले थप १ कित्ता शेयर पाएका छन् । बाँकी १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली भए ।

यस्तै कम्पनीको आईपीओमा आवेदन परेका ४ हजार ४४२ आवेदनहरु पनि रद्ध भएको छ । 

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - १२:५३:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology