Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मध्य भोटेकोशी जलविद्युतको आईपीओ मंगलबारदेखि निष्कासन

मध्य भोटेकोशी जलविद्युतको आईपीओ मंगलबारदेखि निष्कासन

दैनिकी न्यूज

२१, बैशाख २०७८
मध्य भोटेकोशी जलविद्युतको आईपीओ मंगलबारदेखि निष्कासन
images

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ ।

कम्पनीले बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको छ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

पहिलो चरणको उक्त आईपीओमा लगानीकर्ताहरुले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा चारसय कित्ताका लागि आवेदन दिन पाउनेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ।

लगानीकर्ताहरुले यस आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एसिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - ०८:४४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology