Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आजदेखि सिईडिबी हाइड्रोको आईपीओ निष्काशन

आजदेखि सिईडिबी हाइड्रोको आईपीओ निष्काशन

दैनिकी न्यूज

१७, बैशाख २०७८
आजदेखि सिईडिबी हाइड्रोको आईपीओ निष्काशन
images

काठमाडौं । आजदेखि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको १५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहौर्को लागि छुट्याईएको छ । बाँकि रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ।

सीईडीबीको यो आईपीओको निष्कासन छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गते बैंकिङ समयपछि बन्द हुनेछ। धितोपत्र बिक्री प्रबन्धकमा भने सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

images
प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - ०८:४२:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology