काठमाडौं । मंगलबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको भाउ ९१ हजार २ सय रुपैयाँ रहेको छ । सोमबार ९१ हजार ३ सयमा कारोबार भएको थियो । आइतबार समेत यही भाउमा कारोबार भएको हुँदा स्थिरता देखिएको हो ।
सोमबार छापावाला सुन तोलाको ९१ हजार ३ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रहेको छ । आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १३१५ मा कारोबार भइरहेको छ ।