Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बिहीवार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिहीवार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

९, बैशाख २०७८
बिहीवार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । बिहीवार पनि नेपाली बजारमा पनि सुनको भाउ बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबारको दिन (बुधवार) १ हजार ३०० रुपैयाँले बढेको सुनको भाउ बिहीवार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको भाउ पनि बढेको छ । बुधवार प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार प्रतितोला १ हजार ३३५ रुपैयाँखरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी २५ रुपैयाँले बढेको हो ।

images
प्रकाशित मिति :बैशाख ९, २०७८ बिहिवार - ११:४६:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology