Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मंगलवार तोलामा ३०० ले घट्यो सुनको भाउ

मंगलवार तोलामा ३०० ले घट्यो सुनको भाउ

दैनिकी न्यूज

७, बैशाख २०७८
मंगलवार तोलामा ३०० ले घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा मंगलवार सुनको भाउ घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार २०० रुपैयाँले उकालो लागेको सुनको भाउ मंगलवार ३०० रुपैयाँ ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार २०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला ९० हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । गत वैशाख ३ गतेदेखि स्थिर रहेको चाँदीको मूल्यले मंगलवार पनि निरन्तरता पाएको छ । गत वैशाख ३ गतेदेखि १ हजार ३०० मा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूलयमा खरीदविक्री भइरहेको छ ।

images
प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - १५:०७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology