Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मध्यभोटेकोशी जलविद्युतले पायो आईपीओ निष्कासन गर्न अनुमति

मध्यभोटेकोशी जलविद्युतले पायो आईपीओ निष्कासन गर्न अनुमति

दैनिकी न्यूज

७, बैशाख २०७८
मध्यभोटेकोशी जलविद्युतले पायो आईपीओ निष्कासन गर्न अनुमति
images

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणका लागि उक्त रकम बराबरको १ करोड ५० लाख कित्ता आईपीओ विक्रीको लागि बैशाख ५ गते अनुमति दिएको हो ।

अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको रू। ६० करोड बराबरको ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाको लागि आईपीओ विक्री गर्नेछ भने दोस्रो चरणमा १५ प्रतिशतका दरले रू। ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । कम्पनीले २०७५ साल पुस ४ गते उल्लेखित कर्मचारीहरुमा आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

images
प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - १५:०२:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology