काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको दोस्रो दिन आज (सोमबार) भारी अंकको गिरावट आएको छ । आइतबार नेप्से ३५.८९ अंकले घटेर दुई हजार छ सय ९९ दशमलब ५१ विन्दुमा थामिएको थियो ।
आज नेप्से ३७.५८ अंकले घटेर दुई हजार छ सय ६१ दशमलब ९४ विन्दुमा थामिएको छ । यसदिन २१३ कम्पनीको १ करोड ४२ लाख कित्ता बढी शेयर ६ अर्ब ७६ करोड ६८ लाख बराबरकमा किनबेच भयो ।
कारोबारमा आएका १३ उपसमहुका सूचकमध्ये जलविद्युत र वित्त समूहका बाहेक सबै समूहका सूचक नकारात्मक रहेका छन् ।
बजार घटेपनि दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरीहिल्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीले आजै १८ करोड बढी नोक्सानमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको थियो । यसदिन सबैभन्दा धेरै नागरिक लगानीकोषको २८ करोड बढीको शेयर किनबेच भयो ।