Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सोमबार ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

सोमबार ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

दैनिकी न्यूज

६, बैशाख २०७८
सोमबार ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ ।

सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । रासस

images
प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - ०६:३०:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology