काठमाडौं । नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । शुक्रबार सुनको मूल्यमा ७ सय वृद्धि भएको छ ।
बिहीबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ७०० रुपैयाँ बढेको हो ।
यो सँगै आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको भाउ ९० हजार रुपैयाँ रहेको छ ।
यस्तै, चाँदीको भाउ पनि बढेको छ । हिजो १२ सय ९० मा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।