काठमाडौं । रु रु जलविद्युत परियोजनको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रवार बाँडफाँट भएको हो । ३७ हजार ९१६ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन् ।
यसरी बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता शेयर १० कित्ताभन्दा बढी माग गरी आवेदन दिएका ७ जनालाई १÷१ कित्ताका दरले थप पाएका छन् । कम्पनीले निष्कासन गरेको आईपीओमा कुल १६ हजार ८३ हजार १२१ जना आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता शेयर खरीदका लागि आवेदन परेको थियो ।
जसमध्ये ८ हजार ५३५ जना आवेदकको आवेदन रद्ध भएकाले विक्री प्रबन्धकले जानकारी गराएको छ । कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता १२० रुपैयाँमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।