Logo

शनिवार, आश्विन २४ गते २०८३

images

शेयर बजार हालसम्मकै उच्च विन्दुमा, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

शेयर बजार हालसम्मकै उच्च विन्दुमा, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दैनिकी न्यूज

३१, चैत्र २०७७
शेयर बजार हालसम्मकै उच्च विन्दुमा, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से २ हजार ७ सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र २५ गते बुधबार नेप्से २ हजार छ सय ८४ दशमलब ७८ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से २३.२३ अंकले बढेर दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २०९ कम्पनीका १ करोड ४६ लाख ९१ ६४३ कित्ता सेयर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा कारोबार भएका छन्।

आज कारोबार भएका एउटा समूहमध्ये सात समूह बाहेक अन्यसबै समूह बढेका छन् । आज ६ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यो दिन विकास बैंक समूह सर्वाधिक ९५.४२ अंकले बढेको छ । व्यापार समूह ६९.२९ अंक, बैंकिङ समूह ४२.३६ अंक, जलविद्युत् समूह ३१.६९ अंक, वित्त समूह ३.६४ अंक र म्युचुअल फन्ड समूह ०.०६ अंकले बढेको छ । उता निर्जीवन बीमा समूह सबैभन्दा धेरै ८८.९२ अंकले गिरावट आएको छ । होटेल तथा पर्यटन समूह ६५.२४ अंक, उत्पादन तथा प्रशोधन समूह २१.५१ अंक, अन्य समूह ७.५ अंक, लघुवित्त समूह १४.४ अंक, जीवन बीमा समूह ५१.२८ अंक र लगानी समूह ०४६ अंकले गिरावट आएको छ ।

यो दिन नबिल बैंकको सर्वाधिक २८ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल बैंकको २८ करोड १६ लाख, एनआईसी एसिया बैंकको २४ करोड ३५ लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड १० लाख, नेपाल बंगलादेश बैंकको १८ करोड ३८ लाख, अपी पावरको १७ करोड ३३ लाख, कुमारी बैंकको १४ करोड ६० लाख, माथिल्लो तामाकोशीको १३ करोड ६७ लाख, ग्लोबल आईएमई बैंकको १३ करोड ६७ लाख र मेगा बैंकको १२ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

वर्षको अन्तिम दिन ५ कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। एनआईसी एसिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र छ्याङ्दी हाइड्रोपावरका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेसँगै सेयरधनीहरु मालामाल भएका हुन्। यो दिन महिला लघुवित्तको सेयरभाउ पनि ८ प्रतिशत बढीले उकालो लागेको छ।

यता लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा भने करेक्सन देखिएको छ। यस दिन ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२७ प्रतिशतले घटेको छ भने लक्ष्मी लघुवित्तको ४.२७ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको ३.५६ प्रतिशत, इन्फिनिटी लघुवित्तको ३.४७ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.३८ प्रतिशतले घटेको छ। 

images
प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - १८:२९:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology