काठमाडौं । नेपाल बैंक लिमिटेडको बोनस तथा हकप्रद र गुहेश्वरी मर्चेन्ट फाइनान्सको बोनस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बिहीबार बैंकको १ करोड ३५ लाख ३९ हजार ३८४.२४ कित्ता बोनस र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।
बैंकले शेयरधनीलाई गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
यस्तै फाइनान्सको ६ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएको शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।