Logo

शनिवार, आश्विन २४ गते २०८३

images

राजेश हार्डवेयर कारबाहीमा, डन्डीमै भेटियो कैफियत

राजेश हार्डवेयर कारबाहीमा, डन्डीमै भेटियो कैफियत

दैनिकी न्यूज

२२, चैत्र २०७७
राजेश हार्डवेयर कारबाहीमा, डन्डीमै भेटियो कैफियत
images

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजेश हार्डवेयरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त हार्डवेयरले कम तौलको फलाम/डन्डी बिक्री गरेको अभियोगमा विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ उपदफा २ (कं) बमोजिम जरिवाना गरेको हो । ‘हार्डवेयरले अनुचित व्यापारिक क्रियाकलाप गरेको आधारमा तत्काल ३ लाख जरिवाना गरेका छौं,’ विभागका प्रवक्ता शिवराज सेडाईले भने, ‘उक्त हार्डवेयरउपर विस्तृत अनुसन्धान र छानबिनपश्चात् थप सजाय गर्छौं ।’ सागरमल अग्रवालको नाममा दर्ता रहेको राजेश हार्डवेयरको बालाजु शाखाले कम तौलका फलामे/डन्डी बिक्री गरेर उपभोत्ता ठगी गरेको पाइएको थियो । शुक्रबार उपभोक्ताले खरिद गर्दा तौलमा शंका लागेपछि बालाजु प्रहरीमा पुर्‍याएका थिए । त्यसपश्चात् ठगी गरिरहेको पुष्टि भएको थियो । शनिबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र प्रहरीसहितको टोलीले डन्डीजन्य सामग्री तौल गर्दा बिलअनुसार कम देखिएको थियो । कम तौल भेटिएपछि बस्तुहरु नियन्त्रणमा लिई सटर शिलबन्दीसमेत गरेको थियो ।

images
प्रकाशित मिति :चैत्र २२, २०७७ आइतवार - २१:४९:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology