Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नेप्सेमा ४ कम्पनीको २८ लाख बोनस शेयर सूचिकृत

नेप्सेमा ४ कम्पनीको २८ लाख बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

१६, चैत्र २०७७
नेप्सेमा ४ कम्पनीको २८ लाख बोनस शेयर सूचिकृत
images

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) चार कम्पनीको झन्डै साढे २८ लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा आज आरएसडीसी लघुवित्त, एनएमबी लघुवित्त र पोखरा फाइनान्सको बोनस सेयर र सहारा विकास बैंकको हकप्रद गरी कुल २८ लाख ४६ हजार ३३.२६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

आरएसडीसी लघुवित्तको ६ लाख ४ हजार ३७०.४५ कित्ता, एनएमबी लघुवित्तको ८ लाख ६१ हजार ८७३.२५ कित्ता, पोखरा फाइनान्सको ४ लाख ५८ हजार ६४०.८६ कित्ता र सहारा विकास बैंकको ९ लाख २१ हजार १४८.७० कित्ता हकप्रद सूची भएको छ।

गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट आरएसडीसी लघुवित्तले ९ प्रतिशत, एनएमबी लघुवित्तले १९ प्रतिशत र पोखरा फाइनान्सले ५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए। 

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - २०:१५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology