काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५२ लाख बढी कित्ता सेयर सूचिकृत भएको छ ।
नेप्सेमा सनराइज बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। यो बैंकको कुल ५२ लाख १ हजार ३३०।६३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
बैंकले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट कुल ८.२८ प्रतिशतले लाभांश बाँडेको थियो। जसमा ५.८ प्रतिशत बोनस सेयर र बाँकी २.४८ प्रतिशत नगद लाभांश रहेको थियो। सोही ५.८ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । ।